फुटबलर रिजाल भारतीय क्लबमा अनुबन्धित
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अभिषेक रिजाल भारतीय क्लबमा अनुबन्ध भएका छन ।
रिजाल भारतको दोस्रो डिभिजनको क्लव मोहम्मेद स्पोर्टिङमा तीन वर्षका लागि अनुबन्ध भएका हुन । सम्झौता २०२० अगष्ट २० देखि लागु हुनेछ ।
यसअघि माल्दिभ्समा व्यवसायिक फुटबल खेलेका अभिषेश भारतको लिगमा एशियन कोटामा परेको बताइएको छ । तीन वर्षका लागि अनुबन्ध भएका उनी कति रकममा सम्झौता गरे भन्ने खुलाइएको छैन ।
अघिल्लो सिजन मच्छिन्द्रबाट खेलेर लिग खेलेका रिजाल अन्तिम समयमा भने माल्दिभ्समा खेल्न गएका थिए । उनले त्यहाँ दोस्रो डिभिजनको क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।








प्रतिक्रिया राख्नुहोस्