सिराहामा कुटपिटबाट महिलाको मृत्यु
लहान । सिराहाको अर्नामा गाउँपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका– ५ बेलदरी टोलकी ५४ वर्षीया सीतादेवी राउतको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आरसिसी सडक ढलानको विषयमा विवाद हुँदा उनलाई कुटपिट गरेको स्थानीयहरूले बताएका छन् । कुटपिटबाट स्थानीय विन्देश्वरदेवी राउत, नागेन्द्रकुमार राउत, पूजाकुमारीदेवी राउत, रोहितकुमर राउत समेत घाइते भएका छन् ।
कुटपिट घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट गएको प्रहरीको टोलीले कुटपिटमा संलग्न स्थानीय बालदेव साह, कमलेश राउत, लीलादेवी राउत र सुलेखा देवी राउतलाई पक्राउ गरेको प्रहरी प्रवक्ता विनोद घिमिरेले बताउनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिराहामा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्