तपाईँ सुन्दै हुनुहुन्छः

लघु जलविद्युत योजनाबाट ५ बस्ती लाभान्वित

मुग । मुगुमा लघु जलबिद्युत योजना सम्पन्न भएपछि जिल्लाको उत्तरी मुगुम् कार्मारोङ् गाउँपालिकाका ५ ओटा बस्ती लाभान्वित भएका छन् ।

विद्युत उत्पादनबाट मुगुम् कार्मारोङ् गाउँपालिकाका ५ वटा बस्तीका २ सय ४० घरधुरी लाभाम्वित भएका हुन् ।

कादुरी एग्रिकल्चर एण्ड एशोसियसन ब्रिटिश गोर्खा नेपालको ७ करोड रुपैयाँ र स्थानीय बासिन्दाको १८ लाख रुपैयाँको लगानीमा रिउसबगर लघु जलविद्युत योजना सम्पन्न भएको हो ।

कुल एक सय किलोवाट क्षमताको सो बिद्युत उत्पादनपछि मुगुम् कार्मारोङ् गाउँपालिका, राष्ट्रिय वाणिज्य बैंक, नेपाल प्रहरी लगायतका अन्य संघसस्थामा वितरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button