तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर कार्यालयद्वारा शतप्रतिशत भन्दा बढी राजश्व संकलन

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष ०७७–०७८ को साउन महिनामा शतप्रतिशत भन्दाबढी राजश्व संकलन गर्न सफल भएको छ ।

कार्यालयले साउन महिनामा १ अर्ब ४६ करोड २२ लाख ३ हजार रुपैयाँको लक्ष्य लिएकोमा १ अर्ब ४७ करोड ५६ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यो लक्ष्यको १ सय दशमलब ९२ प्रतिशत हो ।

कार्यालयले साउन महिनामा सबैभन्दा बढी अन्तशुल्क शीर्षकबाट ९८ करोड २४ लाख ५० हजार रुपैयाँ र सबै भन्दा कम स्वास्थ्य सेवा करबाट ११ लाख २५ हजार रुपैयांँ राजश्व संकलन गरेको छ ।

राजश्व शीर्षकहरुमध्ये कार्यालयले आयकर र व्याजकर शीर्षकमा लक्ष्यभन्दा बढी राजश्व असुल गर्न सफल भएको कर अधिकृत एवं सूचना अधिकारी कपिल नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button