तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा पुरिएर दुई बालकको मृत्यु, चार जना घाईते

बझाङ । बझाङको बुङ्गल नगरपालिका ५ मिडीमा गए राती पहिरोमा परी दुई जना बालकको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् । पहिरोमा बेपत्ता बालकहरुको बिहान शव भेटाएको थियो ।

मृत्यु हुनेमा बुंगल नगरपालिका ५ मिडीका प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन ताम्राकार र छिमेकी गाँउका ६ वर्षका सुदीप ओखेडा रहेका छन् ।

यसैगरी, पहिरोमा ४० वर्षीया पिपला ताम्राकार, १८ वर्षकी सुनिता ताम्राकार र १२ वर्षीया सन्तोषी ताम्राकार सहित १६ वर्षका अनिल ताम्राकार घाइते भएका छन् ।

पहिरोबाट उद्धार गरिएका घाइतेहरुको स्थानिय खिरातडी स्वास्थ्य चौकीमा उपचार भइ रहेको प्रहरीले बताएको छ ।

गाउँको माथीबाट राती ११ बजे तिर एक्कासी पहिरो झरेपछि सुतिरहेका गाँउलेहरुको भागाभाग भएको थियो ।

मिडिका गाँउका अन्य पाँच परिवार विस्थावित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button