तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा १० महिनाको बच्चासहित १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

सल्यान । सल्यानमा बुधवार १० महिनाको बच्चासहित १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा बच्चासहित १७ जनामा कोरोना पुष्टि भएको हो ।

सङ्क्रमित सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन् । सङ्क्रमित हुनेमा बनगाड कुपिण्डे नगरपालिका वडा न १ का १० महिनाको बच्चा र ४६ वर्षीय पुरुष, वडा न २ का २२ वर्षीय पुरुष, वडा न ३ का २० र २२ वर्षीय पुरुष र १५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

यस्तै वडा न ४ का २१, २४, ३०, ४२, ४२, ४७ वर्षका पुरुष र ४, ८ र ३५ वर्षीया महिला र वडा न ५ का ४७ वर्षीय पुरुष रहेका छन् । सङ्क्रमित सबैलाई बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

सल्यानका दुई सय ७९ सङ्क्रमित
बुधवार थपिएका १७ जनासहित सल्यानका सङ्क्रमितको सङ्ख्या दुई सय ७९ पुगेको छ । सबैभन्दा धेरै बनगाड कुपिण्डे नगरपालिकामा एक सय ८३ सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य कार्यालय सल्यानका अनुसार शारदा नगरपालिकामा छ, बागचौर नगरपालिकामा १४, कुमाख गाउँपालिकामा ३४, सिद्ध कुमाख गाउँपालिकामा तीन, छत्रेश्वरी गाउँपालिकामा दुई जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै त्रिवेणी गाउँपालिकामा नौ, कपुरकोट गाउँपालिकामा तीन, कालीमाटी गाउँपालिकामा सात, दार्मा गाउँपालिकामा १६ र जिल्ला अस्पताल सल्यान र आइसोलेसन कक्ष लुहापिङमा दुई जनामा कोरोना पुष्टि भएको छ ।

सङ्क्रमित मध्ये दुई सय ५१ जना निको भएर घर फर्कि सकेको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button