तपाईँ सुन्दै हुनुहुन्छः

लिदी पहिरो : २५ जनाकोे शव भेटियो, १४ अझै बेपत्ता

सिन्धुपाल्चोक । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएका मध्ये थप एककोे शव भेटिएको छ । यस अघि २४ जनाको शव भेटिएकोमा १४ अझै बेपत्ता छन । पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए ।

आज एक ४ बर्षका बालक सम्राज दोङको शव फेला परेको इलाका प्रहरी कार्यालय जलबिरेका प्रहरी निरीक्षक हरि भट्टराइले जानकारी दिनुभयो । योसँगै पहिरोमा परी ज्यान गुमाउने सङ्ख्या २५ पुगेको छ ।

हालसम्म शव फेला परिएका मध्ये १४ जना पुरूष र ११ जना महिला रहेका छन ्। त्यसमध्ये १३ जना बालबालिकामा मात्रै रहेका छन ।

पहिरोमा हराइ रहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी गरि ६६ जना र स्थानीयबासीहरू जुटेका छन ।

एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकोले पिक, साबेल र कोदालोका भरमा खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button