प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्री यादव कोरोना सङ्क्रमणबाट मुक्त
जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादव कोरोना निको भई सङ्क्रमणबाट मुक्त हुनुभएको छ ।
पछिल्लो पटक गरिएको पिसीआर परीक्षणमा उहाँको रिर्पोट नेगेटिभ आएपछि उहाँ कोरोना मुक्त हुनु भएको हो । उहाँको योभन्दा अघिल्लो दुई पटक गरिएको परीक्षणमा भने रिपोर्ट पोजेटिभ आएको थियो ।
उहाँले केही दिन अझै होम आइशोलेसमा नै आराम गरेर काममा फर्किने जानकारी दिनुभयो । आफू सङ्क्रमित भएपछि होम आइसोलेसनमा नै बसेर पोसिलो खाने कुरा खानुका साथै सकारात्मक शोच, नियमित व्याम गर्दै आएकोले चाडै कोरोना मुक्त भएको जानकारी बताउनुभयो ।
उहाँले विश्व स्वास्थ्य सङ्गठनका मापदण्ड अनुसार दुई सातासम्म होम आइसोलेसनमा बसेर चिकित्सकसँगको नियमित परामर्शमा उपचार गर्ने गरेको जानकारी पनि दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्