तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा सामूहिक रूपमा जमघट गरी गौरा, तीजलगायतका पर्व मनाउन रोक

कञ्चनपुर ।  सामूहिक रूपमा जमघट गरी गौरा, तीज लगायतका पर्व मनाउन रोक लगाएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण एवं जोखिम न्यूनीकरणका लागि कञ्चनपुर प्रशासनले सार्वजनिक स्थानमा सामूहिक जमघट गरी गौरा, तीज लगायतका पर्व मनाउन रोक लगाउने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताउनुभयो ।

कोही कसैबाट प्रशासनको निर्णय उलङ्घन भए सङ्क्रामक रोग ऐन २०२० लगायत अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशाजिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button