मकवानपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएराती मृत्यु भएका एक वृद्धसहित १७ जना पुरुष र छ जना महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाबाट गत साउन ३१ गते संकलन गरिएको स्वाबको आज दिउँसो रिपोर्ट प्राप्त भएको हो ।
जसमध्ये हेटौंडा उपमहानगरपालिका क्षत्रभित्रका मात्र २० जना र भीमफेदी गाउँपालिकाका तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार हेटौंडा–४ का सात जना, हेटौंडा– १ का चार जना, हेटौंडा–३ का तीन जना हेटौंडा–५ का दुई जना, हेटौंडा– ९ का दुई जना र हेटौंडा–१० र हेटौंडा–७ का एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तैगरी भीमफेदी गाउँपालिकाका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । एक सय ३५ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको जनाइएको छ ।
त्यस्तै आइसोलेसनमा उपचाररत नौ जना आजै डिस्चार्ज हुने भएका छन् । कोरोना सङक्रमण पुष्टि भएर आइसोलेसन वार्डमा उपचाररत नौ जना कोरोना सङक्रमणमुक्त भएको र आज उनीहरु डिस्चार्ज हुने जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्