तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

फाइल तस्बिर

बीरगंज । बीरगन्जमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्थायी कोभिड अस्पतालमा उपचाररत ८४ र ५७ वर्षीय दुई पुरुषको मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ्गले जानकारी दिनुभयो ।

बीरगन्ज महानगरपालिका वडा नम्बर ४ बिर्ता निवासी ८४ वर्षीय पुरुष र बीरगन्ज भिस्वा निवासी ५७ वर्षीय पुरुषको गए राति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

गत साउन २७ देखि नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा कोरोना संक्रमण पुष्टि भई उपचारका लागि भर्ना भएका ८४ वर्षीय पुरुषको गए राति साढे १० बजे मृत्यु भएको थियो ।

त्यसै गरी बीरगंज भिस्वाका ५७ वर्षीय पुरुषको हिजो साँझ उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको थियो ।

मृतकको नारायणी अस्पतालको प्रयोगशालामा जिन एक्सपर्ट टेस्ट गर्दा नतिजा कोरोना पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

थप दुई जनाको मृत्यु भएसँगै पर्सामा मात्रै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या २३ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button