सर्लाहीमा एकै दिन १०६ जना कोरोना संक्रमित थपिए

सर्लाही । सर्लाहीमा आज (मंगलवार) एकै दिन १ सय ६ जना कोरोना संक्रमित व्यक्तिहरु थपिएका छन ।सर्लाहीमा यतिको संख्यामा कोरोना संक्रमित व्यक्तिहरु एकै दिन थपिएको यो पहिलो रेकर्ड भएको हो ।
१ सय ६ जना कोरोना संक्रमितहरु कौडेना गाउँपालिका, हरिपुर नगरपालिका, विष्णु गाउँपालिका, कविलासी नगरपालिका, मलंगवा नगरपालिका र लालबन्दी नगरपालिकाको रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक सुशिल झाले जानकारी दिए । सबैभन्दा बढि कौडेना गाउँपालिकामा ५८ जना, हरिपुर नगरपालिकामा २५ जना, बिष्णु गाउँपालिकामा १२ जना, कविलासी नगरपालिकामा ८ जना, मलंगवा नगरपालिकामा २ जना र लालबन्दी नगरपालिकामा १ जना गरी एकै दिन सर्लाहीमा १ सय ६ जना कोरोना संक्रमितहरु थपिएको जनस्वास्थ्य निरीक्षक झाले बताए ।
श्रावन ३० गते कौडेना गाउँपालिकामा तीन सय जना, हरिपुर नगरपालिकामा दुई सय ४६ जना, विष्णु गाउँपालिकामा ३१ गते एक सय ७७ जना, कविलासी नगरपालिकामा ३१ गते नै एक सय २३ जना, मलंगवा नगरपालिकामा ३२ गते दुई सय ९४, स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक झाले बताए ।
थपिएको १ सय ६ जना कोरोना संक्रमितहरु जनप्रतिनिधि, स्वास्थ्यकर्मी, गाउँपालिकाका अन्य कर्मचारी, शिक्षक, प्रहरीहरु लगायत स्थानियहरु रहेको जनस्वास्थ्य निरीक्षक झाले बताए । यो सँगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ७६ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्