बैंकरहरुलाई अनलाईन माध्यमबाट सेवा दिन निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरहरुलाई अनलाईन माध्यमबाट सेवा दिन निर्देशन दिएको छ । बोर्डले सरकारको निर्णय अनुसार मर्चेन्ट बैंकरको रुपमा काम गर्दै आएका सबैलाई अनलाईनबाट सेवा दिन निर्देशन दिएको हो ।
बोर्डले हाल ग्राहकहरुलाई प्रदान गर्दै आएका सेवाहरु सम्ंभव भएसम्म अनलाइन, भर्चुअल तथा विद्युतीय माध्यमबाट मात्र प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ ।
सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै सरकारी तथा गैर सरकारी निकाय, बैंक, बीमा, सहकारी, लघुवित्त एंव वित्तीय संस्था लगायतका जनतासंग प्रत्यक्ष सम्पर्कमा रहि सेवा प्रदान गर्ने कार्यालय, निकाय तथा संघ संस्थाहरुले विद्युतीय माध्यमबाट समेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्