नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौँ । साताको मङ्गलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेको सूचक सामान्यरुपले बढेको छ । यस दिन नेप्से ५ दशमलव ६८ अङ्कले बढेर १ हजार ४०७ दशमलव ८९ विन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार मङ्गलवार एक सय ८९ कम्पनीहरूका १६ हजार आठ सय वटा कारोबारबाट एक अर्व २३ करोड ९० लाख १७ हजार चार सय २६ रुपैयाँ बराबरका ४१ लाख १४ हजार पाँच सय १२ कित्ता सेयर किनबेच भएका छन् ।
कारोबारमा आएका कम्पनीहरूमध्ये ८६ कम्पनीको शेयर मूल्य बढ्दा नेप्से सूचक सामान्य बढेको हो । मङ्गलवार नागरिक लगानी कोषको शेयर मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ । त्यसै गरी घलेम्दी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ६.६७ प्रतिशतले घटेको छ ।








प्रतिक्रिया राख्नुहोस्