तपाईँ सुन्दै हुनुहुन्छः

राहत सामग्री सहित गृहमन्त्री थापा बाजुरामा

बाजुरा । नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा राहत सामग्री सहित बाजुरा पुग्नुभएको छ। बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा न १ मा पुगेर गृह मन्त्री थापा लगायतको टोलीले बाढी र पहिरो पीडितहरूलाइ राहत साम्रगी बितरण गरेको हो।

लगातारको बर्षाका कारण बाजुराका बाढी पहिरो प्रभाबित क्षेत्रको अनुगनका साथै राहत साम्रगी ल्याएर हेलिकप्टर मार्फत बाजुरा पुनुभएका मन्त्री थापाले साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढी पहिरोले बडिमालिका नगरपालिका, गौमुल गाउपालिका र बुढीगंगा नगरपालिकामा नदि छेउका स्थानीय बासिन्दाका घरहरु बगाएर बिस्थापित परिवार तथा बाढी प्रभावित क्षेत्रको अध्ययन,अवलोकन गर्नुका साथै जिल्ला को समग्र स्थिती का बारेमा जानकारी लिनुभएको छ।

टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल, गृहमन्त्रीका सल्लाहकार, बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, पूर्ब उद्योग मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी सुुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा, सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह सहितको टोली रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिनु भयो ।

बाढी पहिरो पीडितका दुखेसो सुनेपछि गृहमन्त्री राम बहादुर थापाले सरकार बाढी पीडितको उचित व्यवस्थापनका लागि प्रतिबद्ध रहेकाले ढुक्क रहन आग्रह गर्नु भयो ।गृहमन्त्री सहितको टोलि आफ्नो घरदैलोमा आउंदा आफुहरुले सरकारको अनुभुती गर्न पाएको भन्दै स्थानिय बाढी पहिरो पिडित खुशी भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button