तपाईँ सुन्दै हुनुहुन्छः

अवैध रुपमा निजी विद्यालय सञ्चालन गर्न दिएको भन्दै मेयरको कार्यकक्ष तालाबन्दी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० मा अवैध रुपमा निजी विद्यालय सञ्चालन गरिएको भन्दै शिक्षक र विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छन् ।

शुक्लाफाँटा नगरपालिका कार्यालयलाई तीन दिनभित्र विद्यालयलाई कारवाहीको माग गर्दै आज शुक्लाफाँटाका मेयर दिल बहादुर ऐरको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरिएको छ ।

शुक्लाफाँटा १० मा सञ्चालन गरिएको नक्कली कागजात बनाएर खप्तड शिक्षा सदन सञ्चालन गरिएको भन्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन, राष्ट्रिय शिक्षक संगठन, अनेरास्ववियु र एन प्याब्सन आन्दोलनमा उत्रिएका छन् ।

साविक झलारी ७ मा सञ्चालन गरिएको भनिएको खप्तड सदनका कुनै पनि भौतिक संरचना वा स्थानीय तहमा कुनै अभिलेख नभेटिएकाले नक्कली कागजात बनाएर सञ्चालन गरिएको उनीहरुको आरोप छ ।

शक्लाफाँटा नगरपालिका १० मा नक्कली कागजात तयार गरी विद्यालयलाई बेलौरी नगरपालिका ४ मा नामसारी गरिएको पाइएको शिक्षक र विद्यार्थी संगठनको आरोप छ ।

शुक्लाफाँटा मेयरलाई विद्यालयलाई कारवाही गर्न एकीकृत शिक्षक संगठन शुक्लाफाँटाका अध्यक्ष महेशशरण भट्ट, राष्ट्रिय शिक्षक संगठनका नगर सचिव शंकरदत्त जोशी, अनेरास्ववियु जिल्ला कमिटी सदस्य अर्जुन भट्ट र एन प्याब्सनका नगर संयोजक धिरेन्द्र सिह साउँदले अल्टिमेटम पत्र बुझाएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button