तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली नदिको बाँध भत्कियो, स्थानीय जनता अस्थायी बाँध बनाउन जुटे


बर्दिया । बर्दियामा कर्णाली नदीको पश्चिम तर्फको तटबन्ध (बाँध) भत्किए पछि स्थानीय जनताहरूले अस्थायी बाँध बनाउनमा जुटेका छन् । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ३ तिघ्रा गाउँ स्थित भत्किएको बाँधमा अस्थायी बाँध बनाउन हजारौँ स्थानीय जनता श्रमदानमा जुटेका हुन् ।

राजापुर नगरपालिका र कर्णाली नदी व्यवस्थापन आयोजनाको समन्वयमा स्थानीय तथा नागरिक समाजको नेतृत्वमा भत्किएको स्थानमा शुक्रवार देखि नै निरन्तर अस्थायी बाँध बनाइरहेको स्थानीय अगुवा पुनाराम थारुले बताउनु भएको छ । स्थानीय स्रोतसाधन (बाँस, स्याउला आदी ) र आवश्यक पर्ने बोरा, डोरी पाइपको प्रयोग गरेर अस्थायी बाँध बाँधिरहेको अगुवा थारुले बताउनु भएको छ । साथै बाँधको लागि आवश्यक पर्ने बोरा, डोरी, माटो, किलाको रूपमा प्रयोग गर्ने पाइप नगरपालिका तथा कर्णाली नदी व्यवस्थापन आयोजनाले उपलब्ध गराइरहेको छ ।

अस्थायी बाँध बनाउनको लागि राजापुर नगरपालिकाका स्थानीय जनताहरू श्रमदान गरिरहेका छन् । यस अधि अस्थायी तटबन्ध निमार्ण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, युवा संघ, अनेरास्ववियुका कार्यकर्ता पनि श्रमदान गरेका छन् ।

कर्णाली नदिको बाँध भत्किदा राजापुर बजार सहित वडा नम्बर ३, ४ र ७ बाढीको जोखिममा रहेको छ । कर्णाली नदिमा पानी बहाव बढेर जुनसुकै बेलामा पनि बाढी पस्न सक्ने जोखिम बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button