अस्पतालमा उपचाररत कैदीबन्दीमा कोरोना संक्रमण देखिएपछि अस्पताल शिल

स्याङ्जा । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना पुष्टी भएपछि जिल्ला अस्पताल स्याङ्जा एक हप्तासम्मका लागी शिल गरिएको छ । जबरजस्ती करणी मुद्धामा चार बर्षबाट जिल्ला कारागारमा रहेका ६० बर्षिय एक कैदीमा कोरोना पोजेटिभ देखिएको हो । सोमबार राति उनको रिर्पोट पोजेटिभ आएको हो । ज्वरो र रुघाखोँकी, स्वासप्रश्वासमा समस्या देखिएपछि ति पुरुष शनिबारदेखि जिल्ला अस्पतालमा उपचाररत थिए ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले भन्नुभयो, ‘रुघाखोँकी स्वासप्रश्वासमा समस्या देखिएपछि परिक्षण गरौँ भनेर हामीले स्वाब पठाएका थियौँ । पोजेटिभ आएको छ । उहाँको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सम्पर्कमा आएकाको कन्याट्रयाक्ट ट्रेशिंग शुरु गरेका छौँ ।’ कारागारमा ३९ मुद्धाका १५० कैदीबन्दी रहेका छन् । प्रहरीमा कोरोना भेटिएपछि सुरक्षा समेत नेपाली सेनाले प्रदान गरेको छ । कारागारमा सुरक्षा दिएको नेपाली सेना र नेपाली सेनाको गुल्म सङक्रमण पुगेको आशंका गरिएको छ ।
प्रहरीमा कोरोना देखिएपछि भित्र बाहिर निस्कन बन्द गरेको बताउदै जेलर चुडामणी भण्डारीले कसरी कोरोना पोजेटिभ कारागारमा पुग्यो अनौठो लागेको बताउनुभयो । सुरक्षाकर्मीमा कोरोना देखिएपछि हिरासत आउनेलाई पीसीआर गरेको बताउदै भण्डारीले नेगेटिभ नभएको कसैलाई पनि भित्र आउन नदिएको र भेट्न समेत नदिएको बताउनुभययो ।
यसैबीच अस्पतालमा उपचारत विरामीमा कोरोना देखिएपछि एक हप्ताका लागी अस्पताल शिल गरिएको छ । अस्पतालले मंगलबार एक सूचना जारी गर्दै केहिदिन अघि कारागारमा रहेका पुरुषमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, र सम्पर्कमा आएका अन्य व्यक्तिको कन्याट्रयाक्ट टे«ेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ ८ गतेसम्म शिल गर्ने तथा अस्पतालबाट प्रवाह हुने सम्पुर्ण सेवाहरु स्थगित गरिएको हो । कैदीमा सङक्रमण पुष्टी भएसंगै सक्रमितको संख्या ३०४ पुगेका छ भने १७२ जना निको भएर घर फिर्ता भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्