तपाईँ सुन्दै हुनुहुन्छः

लिदी पहिरो: २४ कोे शव भेटियो

सिन्धुपाल्चोक । गत शुक्रवार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप दुईको को शव भेटिएको छ । यस अघि २२ जनाको शव भेटिएकोमा १५ अझै बेपत्ता छन् । पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए ।

आज ७२ वर्षकी महिला सिरीमाइ दोङ्ग र ८७ वर्षकी धनलक्ष्मी दोङ्गको शव फेला परेको इलाका प्रहरी कार्यालय जलबिरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । यो सँगै पहिरामा ज्यान गुमाउने २४ पुगेका छन् ।

शव फेला परिएकोमध्ये १३ जना पुरुष र ११ जना महिला रहेका छन् । त्यसमध्ये १२ जना बालबालिका मात्रै रहेका छन् ।

पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी गरी ६६ जना र स्थानीय बासीहरू जुटेका छन् ।

एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकोले पिक, साबेल र कोदालोका भरमा खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button