तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीयमाथि आक्रमण गर्ने बँदेल मारियो


कञ्चनपुर । बेदकोट नगरपालिका १० चथरीमा स्थानीयमाथि आक्रमण गर्ने बँदेल मारिएको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा सुरक्षाकर्मीले बस्तीमा लुकेको बँदेललाई मारेका हुन् । प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बस्तीमा आएर स्थानीयमाथि आक्रमण गरेपछि बँदेल मारिएको बताउनु भएको छ ।

उहाँले धेरै दिनदेखि बँदेल बस्तीमा आएको रहेछ, स्थानीयमाथि आक्रमण गरेकोले त्यसलाई मारिएको बताउनु भएको छ । शुक्लाफाँट राष्ट्रिय निकुञ्जबाट आएको बँदेलले चतरीमा घरभित्र चैते सुनार सहित उनका छोरा गुल्सन सुनार, भोज सार्की र बुन्दे रावल आक्रमण गरी घाइते बनाएको छ । उनीहरूको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button