तपाईँ सुन्दै हुनुहुन्छः

लिदी पहिराः २३ कोे शव भेटियो

 

सिन्धुपाल्चोक । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप एकको कोे शव भेटिएको छ । यस अघि २२ जनाको शव भेटिएकोमा १६ अझै बेपत्ता छन । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए ।

आज ७२ बर्ष कि महिला शिर माइ दोङ्गको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । यो संगै पहिरामा ज्यान गुमाउने २३ पुगेका छन् ।

शव फेला परिएको मध्ये १३ जना पुरूष र १० जना महिला रहेका छन् । त्यसमध्ये १२ जना बालबालिका मात्रै रहेका छन ।

पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी गरि ६६ जना र स्थानीयबासीहरू जुटेका छन ।

एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकोले पिक, साबेल र कोदालोका भरमा खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button