मृतकका परिवारलाई १० लाख क्षतिपुर्ति दिने सहमति भएसंगै आफन्तले शव बुझे

बैतडी । बैतडीमा खाल्डोमा डुबेर मृत्यु भएका २ बालकका परिवारलाई १० लाख क्षतिपुर्ति दिने सहमति भएसंगै आफन्तले शव बुझेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंका १४ बर्षीय अंकित लाबड र ११ बर्षीय सन्दीप लावडको शव परिवारजनले बुझ्न मानेका थिएनन् ।
सडकमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा परेर मृत्यु भएकाले आफन्तहरुले क्षतिपूर्तीको माग गरेका थिए । मृतकका परिवारलाई निर्माण व्यवसायीका तर्फबाट ३–३लाख र दशरथचन्द नगरपालिकाका तर्फबाट २–२ लाख रुपँया क्षतिपुति दिने सहमति भएको छ । उक्त सहमति भएसंगै मृतकको शव आफन्तको जिम्मा लगाइएको देहिमाण्डौँ प्रहरीचौकी इन्चार्ज करबिर भण्डारीले बताउनुभयो । मृतकको अहिले जिल्ला अस्पताल बैतडीमा पोष्टमार्टम भैरहेको छ ।
देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्र्तगत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर उनिहरुको मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्