तपाईँ सुन्दै हुनुहुन्छः

एक वर्षमा तीन अर्ब ८२ करोड २४ लाखको अलैंची निर्यात

भद्रपुर, झापा- आर्थिक वर्ष २०७६/०७७ नेपालको पूर्वी नाका काँकरभिट्टाबाट ३ अर्व ८२ करोड २४ लाख रुपैयाँ मूल्य बराबरको नेपाली अलैंची भारत निर्यात भएको छ ।

कारोना भाइरसको महामारी शुरु हुनुअघि नै तयारी अलैंची निर्यात भएको बताइन्छ । सो वर्ष ४ हजार ७७८ मेट्रिक टन अलैची भारत निर्यात भएको छ । अघिल्ले वर्षको तुलनामा अलैंचीको निर्यात बढेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ राईले जाकारी दिनु भयो ।

उहाँका अनुसार अघिल्लो वर्ष ३ अर्व ३० करोेड ७ हजार २३५ रुपैैयाँ मूल्य बराबरको ३ हजार ८५६ मेट्रिक टन अलैची भारत निर्यात भएको थियो । तुलनात्मक रुपमा आ. व. ०७६/०७७ मा ४१ करोड रुपैयाँ बढीको अलैंची निर्यात भएको छ ।पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अलैंचीले विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण स्थान ओगट्दै आएको नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button