सहिद रामवृक्ष यादवको तस्विरमा अध्यक्ष प्रचण्डद्वारा माल्यार्पण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले सहिद रामवृक्ष यादवको तस्विरमा माल्यार्पण गर्नुभएकाे छ । सहिद यादवको २६ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बारहीमा अध्यक्ष प्रचण्डले यादवप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्दै माल्यार्पण गर्नुभएकाे हाे।

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आमा सम्पैत देवी र बुबा रामलखन यादवको कोखबाट वि.सं. २००३ मा जन्मिनु भएका यादव वि.सं. २०२९ सालमा नेकपा (चौम) को सम्पर्कमा पुग्नुभएकाे थियाे । उहाँले २०३१ मा पार्टीको सक्रिय सदस्यता पाउनुभएकाे थियाे ।
हरेक वर्ष यही दिन सङ्घर्षको भट्टीबाट जन्मिनु भएका एक वीर क्रान्तिकारी योद्धाका रुपमा उहाँलाई स्मरण गरिन्छ । वि.सं. २०५१ भाद्र १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्दलाई जनकपुरबाट सफल पारेर फर्किंदै गर्दा भाद्र २ गते उहाँको हत्या गरेका थियो ।








प्रतिक्रिया राख्नुहोस्