तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको रामपुर पनि लकडाउन

पाल्पा- पाल्पाको रामपुरमा मंगलबार राती १२ बजे देखि १० दिन लकडाउन हुने भएको छ । कोरोना संक्रमण समुदाय स्तरमा पुग्न सक्ने खतरा भएको भन्दै लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । बजार क्षेत्रमा अति आवश्यक सेवा बाहेकका सेवा बन्द हुने छन । औषधी पसलहरु खुला रहने छन भने तरकारी, दुधका पसलहरु विहान ५ बजे देखि ९ बजे सम्म र साँझ ५ बजे देखि ७ बजे सम्म खुला रहने छन । बैंक तथा वित्तिय संस्थाहरु पनि विहान ११ देखि दिउँसो १ बजे सम्म खुल्ला रहने छ । अत्यावश्यक सवारी बाहेकका अन्य यातायातका साधनहरु पनि बन्द हुने भएको छ ।

थप जोखिम बढेकाले १० दिन लकडाउन गरिने निर्णय भएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । उहाँले नगर प्रवेश गर्ने नाकाहरुमा थप कडाई गरिने बताउँदै एम्बुलेन्स बाहेकका सवारी सञ्चालनमा रोक लगाईने बताउनुभयो । उहाँले अनावश्यक मानिसहरुको भिडभाड, जमघट नगर्न आग्रह गर्दै लकडाउनमा सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, सरकारी कार्यालयका कर्मचारी र जनप्रतिनिधीलाई मात्र हिडडुल गर्न दिईने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button