तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणबाट पश्चिम नवलपरासी कांग्रेस जिल्ला उपसभापतिको मृत्यु

ललितपुर । कोरोना संक्रमित पश्चिम नवलपरासीका कांग्रेस जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।

नवलपरासीको सुस्तापश्चिम घर भएका ३७ वर्षीय  गिरीको ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा  मंगलबार बिहान ६ बजे मृत्यु भएको हो।

गिरीमा कोरोना संक्रमण पुष्टि भएपछि  शुक्रबार एम्बुलेन्स मार्फत पाटन अस्पताल ल्याइएको थियो  । यसअघि गिरीको बुटलवमा पथ्थरीको अप्रेसन भएको थियो ।

अहिले गिरीको शव अस्पतालमै छ । नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने तयारी गरेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button