तिलोत्तमा पनि लकडाउन
रुपन्देही । समुदायस्तरमा कोरोना संक्रमण भेटिएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि लकडाउन गरिने भएको छ ।
नगर विपद् व्यवस्थापन समितिको आजको बैठकले भदौ ३ गते ७ बजेदेखि भदौ १० गतेसम्म लकडाउन गर्ने निर्णय भएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार तिलोत्तमामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुनेछन् ।
यसअघि रुपन्देहीका बुटवल उपमहानगर, देवदह, सिद्धार्थनगर, सैनामैना, लुम्बिनी सांस्कतिक नगरपालिका तथा अन्य गाउँपालिकाले लकडाउन गरिसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्