बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । यो सँगै बाँकेमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का ६२ वर्षका पुरुषको गए राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो । साउन ३० गते कोरोनाको लक्षण देखिएपछि उनी ३२ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । कोरोनाको आशंकामा उनको स्वाब लिइएको थियो ।
हिजो दिउँसो ३ बजे आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । गए राति ११ः४० बजे उनको मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
उनलाई दुवै फोक्सोमा निमोनिया भएको थियो । यसअघि नरैनापुर गाउँपालिका ५ मा २५ वर्षका युवा, बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीय महिला र कोहलपुर नगरपालिका २ की ७० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्