झापाको शिवसताक्षीमा लकडाउन
झापा । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएपछि झापाको शिवसताक्षी नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको बोर्ड बैठकले आज राति १२ बजेदेखि भदौ ८ गतेसम्म लक डाउन गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख चन्द्रकुमार सेर्माले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन नगरवासीलाई आग्रह गर्नुभएको छ ।
बिहान ८ बजेदेखि दिउँसो एक बजेसम्म आंशिक रुपमा बजार खुले पनि सवारी साधन आवतजावतमा भने पूर्ण रुपमा रोक लगाइएको छ । बिना काम घर बाहिर निस्किएको पाइए क्वारेन्टाइनमा राखिने नगरका प्रवक्ता नविन इजमले जानकारी दिनुभयो ।
विद्युत प्राधिकरणका दुईजना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि समुदायमा संक्रमण फैलिएको निष्कर्षसहित शिवसताक्षी नगरपालिकाले लकडाउन गरेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्