बिषालु सर्पको टोकाईबाट एक महिलाको मृत्यु
सर्लाही । सर्लाहीमा सर्पको टोकाई बाट एक महिलाको मृत्यु भएको छ ।
आईतबार साझ आफ्नै घर हरिवन नगरपालिका वडा नं.८ निर्मलटोल की ४९ बर्षिया शुशिला सुवेदी प्याकुरेललाई सर्पले टोक्दा उनको उपचारको क्रममा नवलपुर सर्पदंश उपचार केन्द्रमा ज्यान गएको हो ।
आफ्नै घरमा आइतबार साँझ करिब ७.३० बजेको समयमा बिषालु सर्प गोमनले टोके पछि आफन्तले सर्पदंश उपचार केन्द्र नवलपुरमा पुर्याएका थिए । उपचार केन्द्रमा पुर्याएको केही मिनेटमै सुवेदीको ज्यान गएको बताईएको छ ।








प्रतिक्रिया राख्नुहोस्