मास्क लगाउन आग्रह गर्दा प्रहरीमाथि कुटपिट
कपिलवस्तु । कपिलवस्तुमा माक्स लगाउन आग्रह गर्ने प्रहरीमाथी निर्घात कुटपिट गरिएको छ ।
जिल्लाको शुद्धोधन गाउँपालिकाको लवनी चौराहामा मास्क नलगाएर हिडने युवाहरुलाई कारवाही गर्न खोज्दा तीन प्रहरीमाथि कुटपिट भएको हो ।
लवनी प्रहरी चौकीमा कार्यरत हवल्दार सहित ३ जनाको स्थानीयको कुटाईबाट टाउकोमा गम्भीर चोट लागेको छ । घटनामा घाईते भएका प्रहरी हवल्दार विनोद कुमार वरुण, प्रहरी जवानहरु जियावन कोहार र महेन्द्र यादवको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
ओरापीको पहिचान भएको भएपनि उनीहरु फरार रहेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्