तपाईँ सुन्दै हुनुहुन्छः

खाल्डोमा डुबेर दुई बालकको मृत्यु

बैतडी । बैतडीमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाण्डौंका १४ बर्षीय अंकित लाबड र ११ बर्षीय सन्दीप लावडको मृत्यु भएको हो ।

होम पाइप राख्नका लागि बनाइएका खाल्डोमा बर्षातको पानी जमा भएको र खेल्ने क्रममा आज दिउँसो साँढे चार बजे तिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेल्नका लागि सडकमा जम्मा भएका ५–६ जना मध्ये एकजना पहिला खाल्डोमा गएको र उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवै जना खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button