तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको व्यास र भानु नगरपालिकामा निषेधाज्ञा जारी

तनहुँ । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको छ ।

जिल्लाको व्यास नगरपालिका र भानु नगरपालिकाकामा निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण समुदायमा अझै धेरै फैलन सक्ने परिस्थिति सिजना भएकोले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो ।

कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमबार विहान बसेको बैठकले स्थानीय प्रशासन ऐन २०२८ अनुसार व्यास र भानु नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले व्यास नगरपालिकामा सोमबार दिउँसो १२ बजेदेखि भदौ ७ गते दिउँसो १२ बजेसम्म र भानु नगरपालिकामा भदौ १४ गते सम्म निषेधाज्ञा जारी गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button