एघार प्रहरी सहित १६ जनामा कोरोना संक्रमण
मकवानपुर । मकवानपुरमा आज एकैदिन ११ जना प्रहरी सहित १६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा मकवानपुरमा कार्यररत ११ जना प्रहरी सहित १६ कोरोना पोजेटिभ देखिएको हेटौंडा जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
चौलागाईका अनुसार मकवानपुरमा कार्यररत सात जिल्लाका ११ जना, हेटौडा उपमहानगरपालिकाका वडा नं. तीन महिला र एक पुरुष, हेटौंडा–१० का १ महिलामा कोरोना पुष्टि भएको हो ।
मकवानपुरमा कार्यररत संक्रमित प्रहरीहरु चितवनका तीन जना, रौतहट र बाँकेका दुई जना, सिन्धुली, पर्सा, धादिङ र कञ्चनपुरका एक एक जना रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्