तपाईँ सुन्दै हुनुहुन्छः

वागमती प्रदेशसभा उप–सभामुखलाई कोरोना पुष्टि

मकवानपुर । वागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौँडा–१० मा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टअनुसार मकवानपुरमा उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको हो ।

तामाङको ३ दिनअघि स्वाब लिइएको थियो । सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडामा रहेको सरकारी आवासमा सेल्फ आईसोलेशनमा रहनुभएको उहाँको स्वकीय सचीव एलिशा थापाले जानकारी दिनुभयो ।

काठमाडौंमा बैठकमा सहभागी भएर आउनुभएको उहाँमा कोरोना पुष्टि भएको हो । आफूसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराएको बताउँदै उहाँले सबैलाई सतर्क रहन आग्रह गर्नुभएको थापाले बताउनुभयो ।

उहाँलाई सामन्य रुघाखोकी देखापरे पनि केही समस्या नभएको स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button