तपाईँ सुन्दै हुनुहुन्छः

शिल गरिएको तानसेन, विशाल बजारमा ३ सय ३५ को स्वाब संकलन

पाल्पा । तानसेन विशाल बजारकी ४० वर्षीया महिलालाई कोरोना संक्रमण देखिएपछि सिल गरेको क्षेत्रमा रहेका ब्यक्तिहरुको स्वाब संकलन गरिएको छ ।

उक्त क्षेत्रका ३ सय ३५ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयले जानएको छ । प्रत्येक घर र पसलका प्रोप्रइटरहरुको स्वाब संकलन गरिएका हो ।

३ सय ३५ जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको र रिपोर्ट आउन २–३ दिन लाग्ने स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकास पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button