तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा थप एक जनाको मृत्यु, मृतकको संख्या नौ पुग्यो

जनकपुरधाम । कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको  मृत्यु भएको छ ।मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका वडा नंं ३ वस्ने वर्ष ६५ का पुरुष रहेको प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना विषेश अस्पतालको आइसोलेशनमा उपचार गराई रहेका सो व्यक्तिमा श्वासप्रश्वास, रुघाखोकी जस्ता समस्या रहेकोमा उपचार हुदा  मृत्यु भएको कोरोना विषेश अस्पतालका संयोजक डा. जामुन प्रसाद सिंहले जानकारी दिनुभयो ।

मृतक साउन ३१ गते अस्पतालको आईसोलेशनमा भर्ना भएका थिए । दम रोगका बिरामी रहेका उनलाई श्वासप्रश्वासमा समस्याका साथै रुघाखोकी लागेपछि साउन २६ गते पीसीआर चेक गर्दा मृतक पुरुषमा कोरोनाको पुष्टि भएको थियो ।

शुरुमा आईसोलेशनमा भर्ना भएकोमा स्वास्थ्य अवस्था विग्रेपछि आईसियुमा राखेर उपचार भइरहेका आज  मृत्यु भएको छ ।

यो संगै धनुषामा कोरोना संक्रमणका कारणले मृत्यु हुनेको संख्या ९ पुगेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनुभयो ।

प्रदेश नंं २ मा मात्र कोरोनाका कारणले हालसम्म ४६ जनाको मृत्यु भईसकेको छ । अहिले प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पतालको सवै आईसियु सहितका सैयाहरु कोरोनाका संक्रमितले भरिएको छ ।

पछिल्लो समयमा २५ प्रतिशत संक्रमितमा विभिन्न प्रकारका कोरोनावाट हुने समस्याहरु देखा पर्न थालेको पनि डा. सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button