कपिलवस्तुमा पानीको नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा एक जनाको मृत्यु
कपिलवस्तु । कपिलवस्तु जिल्लामा पानीको नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । थप दुई जना घाइते भएका छन्।
जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ८ निवासी ७० वर्षीय हरिराम पासीको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवराले जानकारी दिनुभयो । कुटपिटबाट ६० वर्षीया सुभावती पासी र २० वर्षका सोनु पासी घाइते भएका छन्।
उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको र भैरहवामा उपचार जारी रहेको एसएसपी बैदवारले जानकारी दिनुभयो ।
प्रदेश प्रहरी प्रवक्ता बैदवारका अनुसार आइतबार दिउँसो पौने ३ बजेतिर पानीको नाला सफा गर्ने विषयमा मृतक हरिराम र घाइते सोनुसँग स्थानीय २२ वर्षीय अनिल चमारको झैँ–झगडापछि कुटाकुट भएको थियो।
कुटपिटमा संलग्न सबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको एसएसपी बैदवारले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्