पहिरोका कारण वेशीसहर–चामे सडक पुनःअबरुद्ध

मनाङ- केही दिन यताको भारी र अविरल वर्षाका कारण बेशीसहर चामे सडकखण्ड अन्र्तगत मनाङको नासों गाउँपालिका वडा नं १ ताल डाँडामा गए राती ९ः३० बजेतिर गएको पहिरोले मनाङ जाने मुख्य सडक र ताल गाँउ जाने शाखा सडक अवरुद्ध वनाएको छ ।
नाँसो गाँउ पालिका वडा नँ १ का वडाध्यक्ष झलक वहादुर गुरुङका अनुसार पहिरोको कारण जिल्ला समन्वय समिति मनाङको रोयल्टी रकमवाट यसै वर्ष निर्माण गरिएको अस्थाई प्रहरी पोष्ट पुर्ण रुपमा क्षति पुर्याएको वताए । साथै जिल्ला खानेपानी तथा सरसफाई कार्यलयको सहयोगमा निर्माण गरिएको सार्वजनिक शौचालयमा समेत क्षति पुर्याएको छ । उनका अनुसार सडक विभागलाई जानकारी गराइसकेको र यथाशिघ्र सडक सुचारुको पहल भइरहेको जानकारी गराए ।

प्रहरी चौकी तालका इञ्चार्ज सहायक प्रहरी निरीक्षक सुमित श्रेष्ठका अनुसार पहिरोको कारण दैनिक डिउटीमा समस्य हुने वताए । उनले भने जिल्लाको मुख्य नाका रहेकोले हाम्रो निरन्तर उपस्थिती रहनुपर्ने ठाउँ जहाँ भिरालो पहाड भएकोले कति खेर पहिरो झर्ने हो पत्तै लगाउन गाह्रो छ त्यसैले डिउटीमा रहँदा पनि ज्यानको जोखिम रहन्छ ।”
नाँसो गाँ.पा. वडा नँ १ निवासी मिन राशी गुरुङका अनुसार रातको समयमा पहिरोको आवाजले गाँउ वासी निकै त्रसित भएको वताए । वर्षाको समयमा मस्र्याङदीको वहाव र सम्भावित पहिरोको जोखिमले तालवासी सधै त्रसित हुनुपर्ने वताए ।
सो अबरुद्ध स्थान लमजुङको सदरमुकाम वेसीशहरवाट ३५ कि .मिमा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्