तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा सबैभन्दा धेरै भरतपुरमा सङ्क्रमित भेटिएका छन् ।

भरतपुरमा चार महिला र तीन पुरुष गरी सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू मध्ये केही क्वारेन्टिनका हुन् भने केही पुरानो मेडिकल कलेजमा उपचाररत बिरामी हुन् । उनीहरू १५ देखि ४१ वर्ष उमेर समूहका छन् ।

यस्तै क्वारेन्टिनमा रहेका पूर्वी चितवन राप्ती नगरपालिका–२ र ९ का २ जना बालिकासहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अर्की सङ्क्रमित महिला ८६ वर्षकी हुन् ।

भरतपुर–१० स्थित आशा अस्पतालमा उपचाररत मकवानपुरको हेटौँडा–९ का ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनमा आइतबार राति कुल पाँच सय ६८ नमुना परीक्षण गरिएको थियो । आज १० जना सङ्क्रमित थपिएसँगै चितवनमा कुल सङ्क्रमितको सङ्ख्या दुई सय नौ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button