आफ्नै घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु
रुपन्देही । आफ्नै घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–१२, प्रहरी टोल बस्ने रामचन्द्रप्रसाद जैसवालका छोरा २३ वर्षीय विकास जैसवालको घरको ३ तला माथिबाट खस्दा आज बिहान मृत्यु भएको हो ।
छतमा बसेर फोनमा बोल्ने क्रममा एक्कासि खसेका उनलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा लगिएकोमा उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्