तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा एनजिओका चार सहित पाँच संक्रमित थपिए

सिन्धुपाल्चोक– गैरसरकारी संस्थाका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानका कार्यक्षेत्र बनाइ काम गर्दै आएको सो संस्थाका कर्मचारीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै मेलम्ची क्वारेन्टाइनमा रहेका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

मेलम्ची क्वारेन्टाइनमा रहेका एकजना सर्लाहीबाट सिन्धुपाल्चोक आएका थिए । एनजिओका चार जना भने चितवनमा एक तालीममा सहभागी भइ साउन २८ सिन्धुपाल्चोक आइपुगेका थिए । पाँचजना कर्मचारी तालीममा सहभागी भई सिन्धुपाल्चोक आएकोमा पाँचै जनाको स्वाब नमुना संकलन गरिएकको थियो । ति मध्ये चार जनाको नतिजा पोजेटीभ आएको स्वास्थ्य कार्यालय चौताराका सुचना अधिकारी कृष्ण तिवारीले बताउनुभयो ।

संक्रमीत चार जना मध्ये दुइजना चौतारास्थित  कोठामा बसीरहेका छन् । दुइजना भने स्वाब नमुना दिएपछि  घर गएका थिए । सुचना अधिकारी तिवारीका अनुसार घर जानेमा मेलम्ची नगरपालिका र इन्द्रावती गाँउपालिकाका एक एक जना रहेका छन् भने चौतारा कोठामा बस्नेमा एकजना चौतारा साँगाचोकगढी नगरपालिका –४ का रहेका र अर्का एक जना भने काभ्रेको मण्डन देउपुर नगरपालिकाका रहेका छन् । उनीहरुलाई थप उपचारको लागि अस्पताल ल्याउने तयारी भइरहेको छ ।संक्रमीत पाँच जनामा दुइ जना पुरुष र तीन जना महिला रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button