तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा कोभिड रोकथाम केन्द्रित विपद् पुर्वतयारी योजना निर्माण


जुम्ला । जुम्लामा कोरोना भाईरस संक्रमणको रोकथाम तथा नियन्त्रण केन्द्रित विपद पुर्वतयारी तथा प्रतिकार्य योजना बनाइएको छ । वर्षातको समयमा हुन सक्ने जनधनको क्षतीलाई रोक्न तथा कोरोना संक्रमण रोकथाम केन्द्रित प्रतिकार्य योजनालाई प्राथामिकता दिइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो । विगतमा प्राकृतिक प्रकोप अन्र्तगत आगलागी, बाढी, पहिरो, जस्ता घटना रोकथाम प्रतिकार्य योजना केन्द्रित हुन्थे । तर यस वर्ष भने कोरोना केन्द्रित प्रतिकार्य योजना बनाइएको छ ।

उहाँले भन्नुभयो,“जिल्लाका आठै स्थानीयतहमा सक्रमित भेटिएको खण्डमा विरामी बोक्ने एम्बुलेन्स खर्च वापत आठै स्थानीयतहले ६० हजार दिने, चालकलाई ५ हजार भत्ता दिने, कोरोना संक्रमण बारे सजक बनाउन गाउँगाउँमा प्रहरी परिचालन गर्ने लगायतका योजना तर्जुमा गरिएको छ ।”

साथै प्राकृतिक विपत्तीमा राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन गैरसरकारी संस्था तथा स्थानीयतह बीच समन्वय गरी अगाडी बढ्ने, रेडियो पत्रपत्रिकाबाट सूचना सन्देश प्रशारण प्रकाशन गर्ने र हिमा र तिला गाउँपालिकाका जोखिम बस्तीहरुलाई स्थान्तरण गर्ने सबालमा तत्काल अनुगन निरिक्षण गर्ने विपद प्रतिकार्य, पुर्वतयारी योजना निर्माण गरिएको प्रजिअ थापाले उल्लेख गर्नुभयो । विपद व्यवस्थापनका क्षेत्रमा काम किर्डाक नेपाल, पेश नेपाल लगायतका संस्थाले गाउँगाउँमै गएर काम गर्न ध्यानकर्षण गराइएको छ ।

पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले हरेक वर्ष प्रतिकार्य योजना बनाउने तर कार्यान्वयन नहुने प्रबृत्तिको अन्त्य गर्न सुझाब दिनुभयो । कोरोना संकटका बेला थारै योजना बनाएर कार्यान्वयनमा जानु पर्नेमा उहाँको जोड छ । त्यस्तै सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले नाग्म गमगडी सडकले निम्त्याएको जोखिम प्रति प्रदेश सरकार गम्भीर नभएको समेत गुनासो गर्नुभयो । कार्यक्रममा सहभागी तीन सांसदलाई सिंजा क्षेत्रको समस्यालाई बन्देज गरिएको प्रति ध्यानकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा सांसद गजेन्द्र महतले कार्माले जुम्ला तुलनात्मक रुपमा अन्य जिल्ला भन्दा प्राकृतिक प्रकोपको जोखिममा नरहेको बताउनुभयो । प्राकृतिक प्रकोपलाई भन्दा जुम्लामा कोरोना संक्रमण रोकथामका योजनालाई बढी प्रथामिकता दिन सुझाब दिनुभयो । सांसद महतले भन्नभयो,“कोरोना संक्रमण समुदायस्तरमै पुगिसकेको अबस्थामा प्रतिकार्य योजना लक्ष्य विहिन भएको खण्डमा ठुलो क्षती हुन्छ । तसर्थ प्रहरी प्रशासन, गैरसरकारी निकाय, लगायत सबै सरोकारवालाका योजना कोरोना नियन्त्रणमै केन्द्रित गर्नुको विकल्प छैन् ।”

कर्णाली प्रदेशका प्रतिपक्ष दलका नेता तथा सांसद दिनबन्दु श्रेष्ठले कर्णाालीमै पहिलो जुम्लालाई कोरोना मुक्त बनाउन प्रतिकार्य योजना स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले कोरोना नियन्त्रणमा खर्च गर्न पठाएको लाखौ बजेट जुम्लाबाट खर्च हुन नसकेर फिर्ता भएको प्रति आक्रोश व्यक्त गर्नुभयो ।

प्रदेश सभा सदस्य संसद पदम रोकाया विपद् पुर्वतयारीका नाममा विचौलियाहरुले फाइदा लिएका छन् । विपद् को नाममा मागि खाने भाडो बनाएको उल्लेख गर्नुभयो भने जुम्लालाई कोरोना मुक्त बनाउन दिनरात नभनी खट्ने जुम्लाका आठै तहका प्रमुखहरुले प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button