महामारीसँग लड्न रुपन्देहीमा क्वीक रेस्पोन्स टिम
रुपन्देही । रुपन्देहीका धेरै ठाउँहरूमा समुदाय स्तरमा कोभिड १९ को संक्रमण बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा क्वीक रेस्पोन्स टिम गठन गरिएको छ । आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खडकाले जानकारी दिनुभयो ।
यसै गरी पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा इमिडिएट रेस्पोन्स टिम गठन गर्ने र अति आवश्यक पर्ने सामग्री खरिद गर्न सक्ने निर्णय बैठकले गरेको छ ।
महामारीमा जिल्ला स्तरीय समस्या क्वीक रेस्पोन्स टिमले हेर्नेछ भने पालिका स्तरीय रूपमा इमिडिएट रेस्पोन्स टिमले काम गर्नेछ । पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानीय प्रहरी, स्वास्थ्यकर्मी लगायतको टिम सदस्यको रूपमा रहने छ । रुपन्देहीमा समुदाय स्तरमा सङ्क्रमित बढेपछि निषेधाज्ञा लगाउन दबाब बढे पनि प्रशासनले तत्काल यो निर्णय गरेको छैन ।








प्रतिक्रिया राख्नुहोस्