इलामको देउमाई नगरपालिकाका पाँच वटा वडा सिल
इलाम । इलामको देउमाई नगरपालिकाले नगरको विभिन्न वडामा आइतबार राती १२ बजेबाट सिल गर्ने निर्णय गरेको छ ।
इलाका प्रहरी कार्यालय मङ्गलबारेका एक जना प्रहरीमा कोरोना पोजेटिभ पुष्टि भएपछि समुदायमा कोरोना संक्रमण फैलन नदिन नगरको ३, ४, ५, ८ र ९ नम्बर वडा सिल गर्ने जनाइएको छ ।
देउमाई नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण आपतकालिन समितिको आज बसेको बैठकले ती क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
नगरको क्वारेन्टिन, सङ्क्रमणको सम्भावना रहेका व्यक्तिहरूको नमुना स्वाब सङ्कलन गरी पठाइएकोमा एक जना सुरक्षाकर्मीको रिर्पोट पोजेटिभ आएको हो ।
सङ्क्रमितको कन्ट्रयाक टे«सिङको आधारमा स्वाब सङ्कलन गरी परीक्षण गरी रिपोर्ट नआउजेलसम्मका लागि यी वडाहरुमा सिल गरिने नगर प्रमुख सुर्य पोख्रेलले बताउनुभयो ।
मङ्गलवारे प्राथमिक स्वास्थ्य केन्द्रको आपतकालिन सेवादेखि बाहेक अन्य सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
देउमाई नगरपालिका नगरकार्यापालिकाको कार्यालय तथा शाखा कार्यालय ,वडा कार्यालयहरू, नगरपालिकाको क्षेत्रमा रहेका सम्पूर्ण सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था, सहकारी तथा सम्पूर्ण सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक सेवादेखि बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्