तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जना घाइते

तुलसीपुर । पश्चिम दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर आठ जना घाइते भएका छन् ।

श्रीगाउँबाट तुलसीपुरतर्फ आइरहेको लु५९प४३५२ मोटरसाइकल तुलसीपुर–८ को चमीखोलामा अनियन्त्रित भएर पल्टिदा तुलसीपुर –९ दोघरे निबसी ४५ वर्षका गुरुप्रसाद गौतम, पछाडि सवार २५ वर्षकी साधना गौतम घाइते भएका छन् ।

त्यसै गरी तुलसीपुरबाट पश्चिमतर्फ गइरहेको लु१स ८१५२ नम्बरको अटो दंगीशरण गाउँपालिका–५ कुमालगडीमा पल्टिदा तुलसीपुर –६ बरुवा गाउँ निवासी ३१ वर्षकी सविता गिरी, बेलुवा निवासी ५० वर्षका चन्द्र बहादुर विक र ३६ वर्षकी पार्वती विक घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

त्यस्तै बबई गाउँपालिका–६ ज्यामिरे खोलामा रा१ह४०५२ नम्बरको अटो पल्टिदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा बबई गाउँपालिका–६ खिलतपुर निवासी ४० वर्षका भोज बहादुर डाँगी, शान्तिनगर गाउँपालिका–२ अमुवा निवासी ३६ सुनिता चुनारा र ११ वर्षका प्रकाश चुनारा घाइते भएका हुन् । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पतालका अहेव दिपक केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button