तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी भदौ ७ गतेसम्म निषेधित क्षेत्र घोषणा

सुनसरीे । सुनसरीको १२ वटै स्थानीय तहलाई भदौ ७ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

आईतबार जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला भित्र थप ७ दिन मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रशासन कार्यालयले यस अघि पनि ५ दिन र ६ दिन गरी दुई पटकमा ११ दिन निषेधित क्षेत्र घोषणा गरेको थियो । पछिल्लो पटक थपिएको समय सीमा आइतबार राती १२ बजे सकिदैं छ ।

जिल्ला प्रशासन कार्यालयको आईतबार बसेको बैठकले थप ७ दिन निषेधित क्षेत्र घोषणा थप्ने निर्णय गरेको जिल्ला भित्रका दुहबी, इटहरी, इनरुवा, बराहक्षेत्र, धरान लगायत स्थानीय बजारमा कोरोनाको संक्रमण बढ्दै गएपछि साउन ३२ गते राति १२ बजे देखि लागू हुने गरी भदौं ७ गते राती १२ बजे सम्म निषेधित्र क्षेत्र घोषणा गरेको सुनसरी प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button