तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एक युवक मृत्यु

जनकपुरधाम । धनुषा जिल्लामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका वडा नं १३ रघुनाथपुरका सुरेन्द्र दनुवार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ना४७प २१२४ नम्बरको मोटरसाइकल धनुषाको सबैला नगरपालिका वडा नं १३ रघुनाथपुरदेखि बरमझिया जानेक्रममा आज दिउँसो १ः३० बजेको समयमा दुर्घटनामा परेको हो ।

मोटरसाइकल तीव्र गतिमा भएका कारणले अनियन्त्रित भएर सडक छेउमा रहेको पोलमा ठोक्किदा दनुवारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

मृतक दनुवार केही दिनअघि मात्र मलेसियाबाट घर फर्केका थिए ।  मृतकको शव प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएर पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button