तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध टेलिफोन सेवा १५ घण्टापछि सुचारु, ६ करोडको राजश्व गुम्यो


तुलसीपुर । अवरुद्ध भएको नेपाल टेलिकमका सबै सेवाहरू करिब १५ घण्टापछि सुचारु भएको छ । घोराही–लमही सडक खण्डको चौपट्टाको जङ्गलमा जलेको एडिएसएल अप्टिकल फाइबर मर्मतपछि सेवा सुचारु भएको नेपाल टेलिकम तुलसीपुरका इन्जिनियर सुरेश भण्डारीले जानकारी दिए ।

११ हजार भोल्टेजको हाइटेन्सन लाइनको विद्युत् पोलमा रहेको अप्टिकल फाइबर जलेका कारण शनिवार राति १० बजेदेखि अवरुद्ध भएको सेवा आइतबार दिउसो साढे तीन बजेदेखि सुचारु भएको भण्डारीले जानकारी दिए । मर्मत कार्यमा ७ जना प्राविधिकको टोली खटेको थियो ।

अप्टिकल फाइबर जलेका कारण दाङ सहित सल्यान, रुकुम र जाजरकोटका करिब ५ लाख ग्राहकहरू सेवाबाट वञ्चित भएको र करिब ६ करोड राजश्व गुमेको टेलिकमले जनाएको छ । अप्टिकल फाइबर जल्दा टेलिकमबाट प्रवाह भएका टेलिफोन, मोबाइल, नेट, इन्टरनेट लगायतका सबै सेवा ठप्प भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button