तपाईँ सुन्दै हुनुहुन्छः

भाइरल बनेको दौतला–बासिगाउँ सडकको वास्तविकता

सडकको वास्तविक फोटो, सीपी लोहिया

बैतडी । गत २ हप्ता यता बैतडीको एक सडकको फोटो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । उक्त फोटोलाई धेरै व्यक्तिहरूले सेयर गरी विभिन्न खालका टिप्पणीहरू गरी रहेका छन् । फोटो इडिट गरेर देखाइएको उक्त सडकको वास्तविकता भने फरक रहेको छ ।

जिल्लाको डिलाशैनि गाउँपालिका ५ स्थित दौतला–बासिगाँउ सडकको रहेको उक्त फोटोको वास्तविकता भने फोटो भन्दा निकै फरक रहेको स्थानीय तेज जोशीले बताउनुभयो । ‘उहाँले भन्नुभयो यो हाम्रो गाउँको सडक हो, सडक फोटोमा देखाएको जस्तो छैन, फोटो लाई माथि तानिएको छ, हाम्रा खेतहरू कुलो जस्ता देखिएका छन् तर सडक त्यस्तो छैन ।’

गाउँपालिकासँग अरू विषयमा असन्तुष्ट रहेका व्यक्तिहरूले गाउँपालिकाको बदनाम गर्न फोटोलाई इडिट गरेर सामाजिक सञ्जालमा भाइरल गरेको डिलाशैनि ६ का नरेन्द्र नाथले बताउनुभयो । उहाँले गाउँपालिकाले धेरै राम्रा कामहरू गरेको प्रचार नहुने तर राम्रा कामहरूलाई समेत नराम्रो गरेको भनी देखाउने प्रवृत्ति रहेको बताउनुभयो ।

उक्त सडक निर्माण समितिकी अध्यक्ष समेत रहेकी उर्मिला जोशीले ‘भन्नुभयो दुर्गम ठाउँमा सडक विकास निर्माण भएकोमा डाह गर्ने व्यक्ति र महिलाको नेतृत्व देख्न नचाहने हरूबाट हाम्रो कामको कु प्रचार भएको हो, । ‘उहाँले थप्नुभयो, कसैले स्वार्गजाने बाटो भनेर समेत लेखेका छन्, धेरैले गाली गरेका छन्, तर हामीले निकै मेहेनत गरेर उक्त सडक निर्माण गरेका हौँ, अन्य रिस पोख्नका लागी यो सडकलाई प्रयोग गरिएको छ ।’

दौतला–बासिगाउँ सडकको लागत २० लाख भए पनि प्राविधिकको मुल्याकन अनुसार २८ लाख रकमको काम भएको छ । अन्य सडकहरूको तुलनामा उक्त सडकको काम सन्तोषजनक रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंख बहादुर शाहले बताउनुभयो ।

उक्त सडकको विषयमा देशैभरीका विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमा टिप्पणी गरेको पाइएको थियो ।

फेसबुकमा भाइरल भएको फोटो

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button